माैसम : आजदेखि सामान्य सुधार, बद्लीको सम्भावना कायमै

  • प्रकाशित मितिः माघ ११, २०७८
  • 497 पटक पढिएको
  • समय अनलाइन

इटहरी । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सामान्य सुधार आएको जनाएको छ । विभागका अनुसार मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्ण रूपमा सफा हुने सम्भावना भने छैन ।

पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर सोमबारको तुलनामा मङ्गलबार (आज) मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताइन् ।

आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उनको भनाइ छ । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ । 

तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved