क्यामरुनको रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

  • प्रकाशित मितिः माघ ११, २०७८
  • 826 पटक पढिएको
  • समय अनलाइन

एजेन्सी । ३३औँ संस्करणको अफ्रिका कप अफ नेसन्स आयोजना भइरहेको क्यामरुनमा रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । 

राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । 

क्यामरुनको सरकारी सञ्चार माध्यम सिआरटीभीले सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनुअगाडि सो भागदौड भएको जनाएको छ । ओलेम्बी रङ्गशालको प्रवेशद्वारमा सो भागदौड हुँदा सो दुखद घटना भएको हो ।

क्यामरुन र कोमोरोसबीचको खेलअगाडि भागदाैड भएको बताइएको छ । भागदाैडपछि पनि खेल खेलाइएको थियो, अन्तिम १६ को सो खेलमा कोमोरोसमाथि २–१ गोलको जित निकाल्दै क्यामरुन क्वार्टरफाइनलमा पुग्यो । 

क्यामरुनको जितमा कार्ल टोको एकाम्बी र भिसेन्ट अबौबाकरले एक–एक गोल गरे । कोमोरोसका युसफ एम चङ्गामाले एक गोल गरेका थिए । 

यता, अफ्रिकन फुटबल महासङ्घले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved