आयोजकले ठगेपछि प्रतियोगितामा भाग नलिने घोषणा

  • प्रकाशित मितिः माघ ९, २०७४
  • 1281 पटक पढिएको
  • समय अनलाइन

उर्लाबारी ।आयोजकले लुटतन्त्र मच्चाएपछि सुनसरीको धरानमा जारी पूर्वाञ्चल सिंगिङ स्टारका प्रतिस्पर्धीहरुमध्ये केहीले प्रतियोगीताबाट फाईनल प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् । उर्लाबारीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले वास्ताविक क्षमता हेर्नुभन्दा पनि टिकट बेचेकै भरमा विजेता छनोट गर्ने भएकाले प्रतिस्पर्धी र अभिवावकले सास्ती वेर्हाेनु परेको भन्दै प्रतियोगीताबाट बाहिरिएको बताएका हुन् । विवेचनाले यो विषयमा साँगीतिक प्रतियोगिताको नाममा कालो धन्धा भनेर यसअघि नै लेखिसकेको थियो । आयोजक बागिना कलाकेन्द्र धरानले इमोसनल ब्लाकमेल गरी टिकट बिक्री वितरण गर्न बाध्य बनाएको भन्दै मोरङ उर्लाबारीकी होमा डाँगी, मेलिना फुयाल र पथरीशनिश्चरेकी सम्झना राईले प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन् ।

कलाकारहरुको क्षमता उनीहरुले बिक्री गर्ने टिकटको संख्यालाई आधार मानेर निर्धारण गर्ने भएकाले प्रतियोगीताबाट बाहिरिएको पनि उनीहरुले बताएका छन् । उनीहरुले आयोजक बागिना कला केन्द्रले प्रतियोगीको क्षमता मूल्यांकन भन्दा पनि कमाउ धन्दामा केन्द्रित रहेको पनि आरोप लगाएका छन् । धेरै संख्यामा टिकट बिक्री गर्नेलाई नै क्रमशः बिजेता घोषणा गर्ने आयोजकले मापदण्ड तोकेकाले आफ्नो प्रतिभालाई सशक्त बनाउनेतिर भन्दा पनि धेरै टिकट बेच्ने होडबाजीमा सक्रिय बन्नु परेको प्रतियोगी मेलिना फुयालले बताईन् । जसरी पनि टिकट बेच्नै पर्ने, टिकट बिक्रीबाट जम्मा भएका रकम समयमा नै बुझाउँनै पर्ने नबुझाए प्रतियोगीताबाट हटाउने जस्ता दबाब केन्द्रका संचालक भक्तिराज राईले दिने गरेको अर्की प्रतियोगी होमा डाँगीले बताईन् ।

आयोजकको यस्तो हर्कतले गर्दा मानसिन समस्या खेप्नु परेको पनि उनले बताईन् । पूर्वाञ्चल व्यापी प्रतियोगीता भनिएता पनि प्रतियोगीताको प्रशारण कुनै पनि मिडियाबाट गरेको पाइन्न् ।
आयोजकले जसरी हुन्छ कम खर्च गरेर धेरै आम्दानी गर्ने योजनाका साथ यो प्रतियोगीताको आयोजना गरेको, प्रतिस्प्रर्धीहरुलाई मानसिक तनाव दिएको, टिकट बेचे बापतको रकम जतिसक्दो चाडो दिन ताकेता दिएको जस्ता आरोप उनीहरुले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेका छन् । प्रतियोगीताले आफूहरुको पैसा र समय बर्बाद गरेकाले यसको क्षतिपूर्ती आयोजकले बेर्हाेनु पर्ने प्रतियोगी सम्झना राईले बताईन् ।
आयोजकले १ सय बराबरको टिकट बिक्री गरे बापत २५ भोट प्राप्त गर्ने उर्दी जारी गरेको थियो । आयोजकले तोकिदिएको शर्त अनुसार, २ सयको बिक्री गरेमा ५० र १ हजारको टिकट बिक्री गरेमा २५० भोट पाउने छन् भने २ हजारको टिकट बिक्री गरे बापत ५०० सम्म भोट मिल्ने बताएको थियो ।
प्रतियोगितामा १३ जिल्लाका गरी करीव १२ सय प्रतिस्पर्धीले सहभागिता जनाएकामा जजहरुले टप १५ को छनोट गरेका छन् । ५ महिना अघिबाट सुरु भएको प्रतियोगितामा उर्लाबारीका मात्रै ५ प्रतिस्पर्धी रहेका छन् । आयोजकले प्रतिस्प्रर्धीलाई बेच्न दिएको टिकटमा समेत टिकट नम्बर उल्लेख गरिएको पाईदैन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved