बर्जु महोत्सवमा आगजनी प्रकरण : खेसारीलाल बोलाउनु नै गल्ती

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 381 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । डेढ करोडभन्दा बढी क्षति हुने गरी सुनसरीको बर्जु गाउँपालिकामा गत साता आयोजित बर्जु महोत्सवमा भएको आगजनीबारे सरकारी छानविन समितिले आफ्नो निष्कर्ष निकालेको छ ।

समितिले निकालेको निष्कर्ष अनुसार भोजपुरी फिल्मका कलाकार खेसारीलाल यादवलाई बोलाइनु नै गल्ती थियो । समितिले झडप र आगजनीका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेकै कारण मानवीय क्षति र थप भौतिक क्षति हुन नपाएको निष्कर्ष पनि निकालेको छ ।

गत २३ पुसदेखि भएको महोत्सवको अन्तिम दिन ४ माघमा भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाइएको थियो । यादव दिउँसो १२ बजे आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट विक्री गरेको थियो । तर प्रशासनले उनलाई आउन अनुमति नदिएपछि आक्रोशित भीडले स्टेज तोडफोड तथा चारवटा सवारीसाधनमा आगजनी गरेको थियो ।

घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भीडको मनोविज्ञानकै कारण भएको निष्कर्ष पनि निकालेको छ ।

समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । घटनामा यादव र उनको कलाकार समूहले चढेको दुई वटा गाडी र नम्बर नखुलेका २ वटा गरी चार वटा गाडीमा आगजनी भएको छ । सरकारी प्रतिवेदनमा कोभिड–१९ संक्रमणको व्यवस्थापन सम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु आयोजक कै तर्फबाट पनि गल्ती भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved