राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा कसको अवस्था कस्तो ?

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 521 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर ।राष्ट्रियसभामा तीन सदस्यका लागि आज(बुधबार)  हुने निर्वाचनमा प्रदेश १ मा आठजना बीच प्रतिस्पर्धा हुँदैछ। सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले र राप्रपाका उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धन दलबाट नेपाली काङ्ग्रेसले झापाका गोपालकुमार बस्नेत , जनता समाजवादी पार्टीले अल्पसङ्ख्यक र अपाङ्ग तर्फ भोजपुरका हेमराज राई र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)ले भोजपुरकी जयन्ती राईलाई प्रतिस्पर्धामा उतारेको छ।

सो गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रदेश १ मा गठबन्धनमा छ दल छन् । अन्य प्रदेश  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बाहेकका पाँच दल छन् । एमालेबाट  मोरङका गुरु बराल, महिलामा झापा दमककी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक र अपाङ्ग तर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । झापाका अमरबहादुर विष्ट र  रञ्जु  प्याकुरेल राप्रपाका तर्फबाट चुनावी मैदानमा छन् ।

राप्रपाकी १ प्रदेश सांसद इन्दीरा राई,  झापाका तीन स्थानीय तहका अध्यक्ष र एक उपाध्यक्षले राप्रपाका उम्मेदवारलाई मतदान गर्दै छन् । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन र कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी मतदाता हुन्। राप्रपाका सबै मतदाता झापाका हुन् । राप्रपाको मतभार एक सय २० रहेको छ। यो प्रदेशमा मात्रै राप्रपाले आफ्ना उम्मेदवारलाई मतदान गर्नेछन् ।  सत्तारुढ गठबन्धन दलको ५० जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख,रअध्यक्ष, उपप्रमुख र उपाध्यक्ष गरी एक सय २६ मतदाता छन् । यसको कुल मतभार  चार हजार  छ सय ६८ हुन्छ । 

प्रमुख प्रतिपक्षी एमालेका प्रदेश सांसद ४१ छन् । त्यसमध्ये गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी ठहर भएकी व्यक्ति हुन् । उनी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् । स्थानीय तहका प्रमुख, अध्यक्ष ,उपप्रमुख, उपाध्यक्ष गरी १४२ मतदाता छन् । यसको कुल मतभार चार हजार   पाँच  सय २४ हुन्छ । खातुन मतदानमा अनुपस्थित भए एमालेको ४८ मतभार घट्नेछ।

सत्ता गठबन्धनमा समेत  एक मत घट्ने अवस्था छ । विराटनगरकी  उपमेयर इन्दिरा कार्की मतदानमा सहभागी नहुने भएकी छन् । स्वास्थ्य समस्याका कारण उनी सहभागी नहुने भएकी हुन् । कार्की सहभागी नहुँदा सत्ता गठबन्धनकाे एक मत घट्नेछ । 

प्रदेश १ को कुल मतभार नौ हजार तीन सय १२ रहेको छ । यो प्रदेश मात्रै गठबन्धन थोरै मतभारले मात्रै अगाडि छ। मधेस प्रदेश बाहेक पाँचवटा प्रदेश पाँच दलीय गठबन्धन बलियो अवस्थामा छ। मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् । आजको निर्वाचनबाट १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved