नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख : सबैभन्दा बढी बृद्धि मधेशमा : सबैभन्दा कम गण्डकीमा

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 465 पटक पढिएको
  • समय अनलाइन

काठमाडाै । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ ।अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । विसं २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए । पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाए ।नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

यसैबिच नेपालमा सबैभन्दा बढी जनसंख्या मधेश प्रदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २ सय ८८ पुगेको हो । यहाँको वृद्धिदर १.२५ प्रतिशत छ ।

यसअघि २०६८ सालको जनगणनामा तराई–मधेशका ८ जिल्लाको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ थियो। दशवर्षमा यहाँ जम्मा १३ दशमलब ३६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ ।

यस्तै, मधेस प्रदेशपछि सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा छ । यहाँ ६० लाख ८४ हजार ४२ जनसंख्या छ । यहाँको वृद्धिदर ०.९६ प्रतिशत छ । बागमतीमा अघिल्लो जनगणनामा यहाँ ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या थियो । १० वर्षमा यहाँको जनसंख्या १०.०३ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

यस्तै, लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५, गण्डकीमा २४ लाख ७९ हजार ७ सय ४५, सुदूरपश्चिममा २७ लाख ११ हजार २ सय ७० र कर्णालीमा १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्या रहेको छ । दश वर्षमा सबैभन्दा कम जनसंख्या वृद्धि गण्डकीमा ३.१६ प्रतिशत भएको पाइएको छ । यहाँ जम्मा ७५ हजार ९ सय ८८ जनामात्र थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved