राष्ट्रियसभा सदस्य १९ जनामा गठबन्धनका १८ विजयी, क्लिनस्वीपबाट जोगियो एमाले

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 406 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज भएको निर्वाचनमा एमाले क्लिन स्वीप हुनबाट जोगिएको छ ।

सबै प्रदेशमा बहुमतमा रहेको गठबन्धनका उम्मेद्वार प्रदेश १ मा १ जना बाहेक सबैले जित्न सफल भए । निर्वाचन आयोगले दिएको परिणाम अनुसार प्रदेश १ मा अल्पसंख्यक कोटामा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । अन्य सबै पदमा गठबन्धनका उम्मेद्वार विजयी बने ।

बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । जसमा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

यस्तै कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भए । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् ।

यस्तै गण्डकी प्रदेशमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । विजयी हुनेमा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर, भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

यसैगरी प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए भने महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् । अल्पसंख्यकतर्फ भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भए ।

यस्तै लुम्बिनी प्रदेशबाट गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भए ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भए ।

यस्तै मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुँदैछ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved