राष्ट्रियसभामा सातै प्रदेशबाट १९ सदस्य निर्वाचित (निर्वाचन आयोगको विवरणसहित)

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 421 पटक पढिएको
  • समय अनलाइन

काठमाडाै । राष्ट्रिसभा निर्वाचनमा देशका सातै प्रदेशमा आज (बुधबार) भएको मतदानको अन्तिम परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आजको निर्वाचनमा सातै प्रदेशमा १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । 

आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रदेश नम्बर १ बाट जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा र गोपाल बस्नेत, मधेसबाट उर्मिला अर्याल र मोहम्मद खालिद, वाग्मतीबाट गोमादेवी तिमिल्सिना र कृष्णप्रसाद पौडेल र गण्डकीबाट कमला पन्त, भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा र युवराज शर्मा, कर्णालीबाट नरबहादुर विष्ट र उदयबहादुर बोहोरा तथा सुदूरपश्चिमबाट मदनकुमारी साह गरिमा, जगतबहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका हुन् । राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आउँदो फागुन २० मा सकिँदै छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का आठ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का चार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का चार र  नेपाली काङ्ग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

उनीहरूको पदावधि सकिने भएपनि आज ती पदमा निर्वाचन भएको हो । छ वर्षे कार्यकाल रहने राष्ट्रियसभाका प्रत्येक एकतिहाई सदस्यको कार्यकाल दुई वर्ष, चार वर्ष र छ वर्षमा सकिँदै जान्छ ।

आज सम्पन्न निर्वाचनको अन्तिम परिणाम यस्तो छ :

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved