जताततै भ्रष्ट्राचार : भूगर्भ विभागका महानिर्देशक घिमिरेले करिब डेढ अर्ब राजस्व पचाए

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 407 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठहरसहित कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरी कारबाही माग गरेको हो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानि हुने गरी अर्को समितिले तयार गरेको प्रतिवेदनबमोजिम कारबाही गरेको पाइएकाले अनुसन्धानबाट दोषी ठहर गरिएको बताउनुभयो ।

आयोगले कारबाहीको माग गरेकोमा महानिर्देशक घिमिरेसहित विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारीमाथि एक अर्ब २४ करोड ४५ लाख २६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

आयोगमा उक्त अनियमितताबारे गत साउनमा उजुरी परेको थियो । प्रवक्ता भण्डारीले उक्त मुद्दामा आयोगले तदारुकतासाथ अनुसन्धान गरी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको बताउनुभयो ।

तत्कालीन उपमहानिर्देशक घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले नौवटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमति पत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुङ्गा निकालेको निष्कर्षसहित एक अर्ब २६ करोड १९ लाख रुपियाँ राजस्व उठाउनुपर्ने कारबाही सिफारिस गरेको थियो । उक्त समितिले २०७६ साल असारमा प्रतिवेदन पेस गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved