धनपालथान कमलपुरको उखुबारीमा अर्को पनि शव फेला

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 567 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा छुट्टा–छुट्टै खाल्डामा दुई जना पुरुषको शव फेला परेको छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार नै बेलुका उत्खनन् गरेको एउटा खाल्डोबाट प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।

झण्डै ४० मिटरको फरकमा रहेको अर्को खाल्डोमा पनि शंका लागेर उत्खनन् गर्दा अन्दाजी २५ वर्षको जस्तो देखिने अर्को पुरुषको शव पनि फेला परेको छ । उक्त शव आज बिहान उत्खनन् गरिएको हो ।

उखुबारी स्थानीय गंगा सिंहको हो । शव केही दिन अगाडिको हुनसक्ने मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद एउटा शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ भने अर्को शव पनि ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

गाढेको अवस्थामा भेटिएको एक जना पुरुषको गोजिबाट सिमकार्ड र पर्स पनि फेला परेको छ । शव भेटिएको स्थानमा स्थानीय सर्वसाधरणको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved