सुन्दरहरैंचा सामूहिक बलात्कार प्रकरण : होटल संचालकसहित ३ जना पक्राउ

  • प्रकाशित मितिः माघ १४, २०७८
  • 554 पटक पढिएको
  • समय अनलाइन

६टहरी । बेलबारीकी एक महिलालाई होटलमा लगेर सामूहिक बलात्कार गरेको अभियोगमा होटल संचालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा ३५ वर्षीय महिलामाथि जवरजस्ती करणी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

उनीहरुले गत माघ ७ गते बेलुका साढे ५ बजे महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ ।

गत माघ ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाई फरार रहेका राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved