उखुबारीमा मृत फेला परेका श्रेष्ठ जग्गा कारोबारी, एकको पहिचान अझै खुलेन

  • प्रकाशित मितिः माघ १४, २०७८
  • 454 पटक पढिएको
  • समय अनलाइन

मोरङ / मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा फेला परेका धरान ३ घर भइ भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ जग्गाको कारोबार गर्दै आएको व्यवसायी भएको खुलेको छ । उनी भक्तपुरको लोकनथलीमा जेठानको घरमा बस्दै आएका थिए ।

उनको श्रीमती, २६, २५ वर्षीय दुई छोरा र ११ वर्षीय छोरी रहेका छन् । उनी व्यवहार मिलाउनु छ भन्दै भक्तपुरदेखि गत मंसिर ४ गते धरान जान्छु भनेर घरबाट हिंडेको उनका दाजु चन्द्र श्रेष्ठले बताए । २५ वर्ष अगाडि धरानमा राजेन्द्रकुमारले सुन पसल खोलेका थिए । व्यापार राम्रो नभएपछि उनी जापान गए । जापानमा ८ वर्ष काम गरेपछि स्वदेश फर्किएर काठमाडौंमा इलेक्ट्रोनिक पसल खोलेका थिए ।

इलेक्ट्रोनिक पसलमा पनि व्यापार राम्रो नभएपछि साथीहरुसँग मिलेर जग्गाको कारोबारमा लागिको उनका दाजु चन्द्रबहादुरले बताए । ‘भाइले जापानदेखि कमाएर ल्याएको पैसा साथीहरूसँग मिलेर जग्गाको कारोबार गर्न सुरु गरेको थियो । उसले झापामा पनि जग्गाको कारोबार गर्ने गरेको थियो । झापामा १८ विघाको जग्गाको प्लटिङ लिएको थियो । व्यवहार मिलाउनु छ भन्दै ४ मंसिरमा भक्तपुरदेखि धरान जान्छु भनेर हिंडेको थियो,’ उनले भने, ‘भाइले मलाई सुनाउने गरेको थियो । पाटनरले पैसा खाइदियो । व्यवहार बिग्रिँदै गयो भन्ने गरेको थियो ।’

भक्तपुरदेखि धरान जान्छु भनेर हिंडेको ४० दिन भएको थियो । ‘मंसिर पहिलो हप्ता म पनि धरान आएको थिए,’ दाजु चन्द्रले भने, ‘त्यसबेला भाइसँग भेट भएन । बहिनीको घर विराटनगरमा छ । भाइ बहिनीको आएको रहेछ । त्यसबेला बहिनीसँग पनि व्यवहार मिलाउन आएको भन्दै थियो रे बहिनीलाई । त्यसबेला बहिनीलाई विराटनगरको होटलमा बस्छु भनेको रहेछ भाइ राजेन्द्रले । त्यसबेला राजेन्द्रसँग व्यवहार मिलाउनु भनेका भाइको साथीहरू मोहन लिम्बू र चौधरी थर भएका एक जना साथि पनि पूर्व जाने भनेर हिंडेको थियो,’ दाजु चन्द्रबहादुरले भने, ‘अहिले भाइको शव उखुबारीमा भेटिएको दुःख खबरले मर्माहित भएको छु । भाइलाई हेर्न हामी अहिले विराटनगर आउने तयारी गरेका छौं ।’

घटनास्थल यस्तो थियो

मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा राजेन्द्रसहित अर्का एक जना पुरुषको शव बिहीबार फेला परेको छ । प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी रहेको छ ।

बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको हत्या गरेपछि ७ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ । बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved