मौसम सुधार हुन अझै केहि दिन लाग्ने, पश्चिमी वायुको प्रभावले बढ्यो चिसो

  • प्रकाशित मितिः माघ १४, २०७८
  • 488 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण छिनछिनमा मौसम बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

यतिबेला (शुक्रबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष लगातार घाम नलाग्ने र चिसो स्याँठ बढेपछि सर्वसाधारणले अघिल्ला वर्षभन्दा झन् चिसो भएको महसुस गरिरहेका छन् । यो क्रम दिनहुँ बढिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल आफूले पनि यसपालि चिसो बढ्ता अनुभव गरेको सुनाउँछिन् ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस क्रममा प्रदेश-१ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी बुलेटिनमा दिइएको छ । यस्तै आज शुक्रबार राति (भन्नाले साँझ ६ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मको अवधि) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : प्रदेश-१ तथा बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved