इटहरीका तीनजना युवा लागूऔषधसहित पक्राउ

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 446 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरीका तीनजना युवा लागूऔषधसहित पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको दुहबी नगरपालिका ५ बाट लागूऔषधसहित इटहरीका तीनजना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बू र इटहरी १७ का २० वर्षीय बिमल केसी रहेका छन् ।

शनिबार बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरूलाई लागूऔषध स्पास्मो प्रोक्सिभोन ३२ ट्याब्लेट र नाइट्रोजन ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनामाथि इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved