यमनमा हुथी लडाकुले भर्ती गरेका दुई हजार बालसेनाको युद्धमा मृत्यु : राष्ट्रसंघ

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 1303 पटक पढिएको
  • समय अनलाइन

एजेन्सी। संयुक्त राष्ट्र संघका विज्ञहरूले हालै प्रकाशित गरेको एक प्रतिवेदनमा यमनको हुथी लडाकुहरूद्वारा भर्ती गरिएका करिब दुई हजार बालसेनाको युद्धमा मृत्यु भएको तथ्य उल्लेख गरिएको छ ।

इरान समर्थित हुथी समूहका ती बालसेनाको सन् २०२० को जनवरीदेखि २०२१ को मे सम्मको युद्धमा ज्यान गएको बताइएको छ । हुथीले बालसेना भर्तीलाई प्रोत्साहित गर्न अझै पनि शिविरहरू खडा गर्दै तालिम सञ्चालन गरिरहेका छन् ।

शनिबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेस गरिएको यस प्रतिवेदनमा विशेषज्ञहरूले आफूहरूले बालबालिकालाई सेनामा भर्ती गर्न हुथी लडाकुहरूले सिद्धान्त प्रचार प्रसार गरिएका द्यिालयहरूस्थित शिविरहरू र एउटा मस्जिदको स्थलगत अनुगमन गरेको जनाएका छन् ।
सात वर्षदेखि हुथी लडाकु समूह साउदी अरेबियाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौज समर्थित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारविरुद्ध युद्ध गर्दै आइरहेको छ ।

चार सदस्यीय विशेषज्ञ टोलीले ती कलिला बालबालिकालाई ’अमेरिका मुर्दावाद’ ’इजरायल मुर्दावाद’ ’यहुदीको अन्त्य होस्’ ’इस्लामको जय होस्’ जस्ता नाराहरू लगाउन सिकाउने गरिएको र एउटा शिविरमा सात वर्षीय बालकलाई समेत हातहतियार सफा गर्न र रकेट प्रहारबाट छल्न सिकाइरहेको भेटिएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved