सुनसरी /नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा सुनसरीमा पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीकाे रुपमा सहभागि रहेको छ ।
प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वन्तले सहजिकरण गरेका गर्नुभएकाे थियाे । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजिकरण गर्नुभएकाे थिया
प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, इक्वाल अहमद, प्रदेश सचिव सन्तोष यादव, नेपाल प्रेस युनियन प्रदेस सचिव धनवहादुर पुरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला, सचिव ध्रुव ढकाल वरिष्ठ फोटोग्राफर विसप ताम्राकार लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved