नारायणहिटीभित्र गर्न लागिएको महायज्ञ स्थगित

  • प्रकाशित मितिः माघ १९, २०७८
  • 480 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नारायणहिटी दरबार संग्रहालयभित्र बुधबारदेखि सुरू गर्ने भनेको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरस संक्रमणका कारण हाललाई स्थगित गरिएको छ।

माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो।

कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन, सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले मंगलबार सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको उल्लेख गरेका छन्।पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो।

‘कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ’, सूचनामा भनिएको छ।

यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो।महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved