इटहरीमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी, तीनजना पक्राउ

  • प्रकाशित मितिः माघ २१, २०७८
  • 902 पटक पढिएको
  • समय अनलाइन

इटहरी : इटहरीमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अघिल्लो शुक्रबार मोरङको रंगेली बस्ने पंकज झा को प्र–१–०२–०४४ प ८१०१ नम्बरको २२० पल्सर मोटरसाइकल इटहरी ६ स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडिबाट चोरी भएको थियो ।

पार्किङ गरेर राखेको स्थानबाटै मोटरसाइकल चोरी भएको उजुरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने २१ वर्षीय सुशान्त चौधरी, सोही सथन बस्ने बुद्विमान श्रेष्ठ र इटहरी ८ बस्ने २७ वर्षीय मनिष चौधरी रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली मोरङको डानिया चौकमा माघ १९ गते बुधबार मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा सातदिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved