लौकहीमा ट्रक र बसबीच ठक्कर हुँदा गाडीमा आगलागी, घटनास्थलमा चार जनाको मृत्यु

  • प्रकाशित मितिः माघ २२, २०७८
  • 851 पटक पढिएको
  • समय अनलाइन

 इटहरी ।सुनसरीको कोसी गाउँपालिका–१ लौकहीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुनिया पुलमा ट्रक र बस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको समाचार छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किर दुर्घटना भएको हो । गाडीमा सवार यात्रुहरूका अनुसार मृत्यु हुनेमा ट्रकका चालक, बसचालक र अन्य दुई जना यात्रु रहेका छन् । प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन । 

बस ट्रक ठोक्किएपछि एकाएक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलीले घटनास्थलमा पुगेर अन्य यात्रुहरूलाई उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

दुर्घटनाग्रस्त ट्रकमा सिमेन्ट लोड गरिएको थियो । कोसी गाउँपालिका, इनरुवा नगरपालिकाका बारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved