मिरगञ्ज पुलबारे प्रदेश १ का मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री तारकेश्वरबीच छलफल

  • प्रकाशित मितिः माघ २३, २०७८
  • 437 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । प्रदेश नम्बर एकमा सिंघीया, केसलिया करिडोर र मिरगञ्ज पुल समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीबीच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानुन मन्त्रीबीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केशलियको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माणको विषयमा छलफल भएको हो ।

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मिरगञ्ज पुलमा भएको क्षतिका कारण यसक्षेत्रका उद्योगी व्यवसायीले ठूलो अफ्ठेरो बेहोर्नु परेको सुनाए । मन्त्री कार्कीले भने, ‘हरेक वर्ष पुल भास्सिने र ठूला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधिन अर्को पक्की पुल अविलम्ब संचालन गरिनु पर्दछ ।’ मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाईचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तीका कारण दुवैतर्फ उत्तिकै कठिनाई हुने गरेको बताए ।

मन्त्री कार्कीले प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए । ‘सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुवैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्दछ,’ मन्त्री कार्कीले भने, ‘परिवेश, भेषभुषा, रहनसहन र आपसी संस्कार अनि संस्कृति दुवै देशतर्फ उस्तै रहेकोले पनि आपसी हितलाई मध्यनगर गरी हामीले कार्य गर्नु परेको छ ।’

त्यसअवसरमा बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरुले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रुपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा गर्दै उपमुख्यमन्त्री प्रसादले भने, ‘प्रदेश एकको मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ । यो क्षेत्रको विकासमा बिहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौ ।’ उनले मिरगञ्ज पुलबाट सिर्जित समस्याको विषयमा आफूले जानकार रहेको भन्दै यसको समाधानका लागि पहल लिने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved