धरानको विजयपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

  • प्रकाशित मितिः माघ २४, २०७८
  • 618 पटक पढिएको
  • समय अनलाइन

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । आईतबार मेयर तिलक राईले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गर्नु भएको हो ।

मेयर राईले धरान उपमहानगरपलिकाले विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ गरिरहेको बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपमहानगरपालिकाको दक्ष स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराईरहेको मेयर राईले जानकारी दिए । स्वास्थ्य केन्द्रबाट प्राप्त हुने औषधीहरु, सेवाहरु सहिढंगबाट पुगिरहेको मेयर राईको भनाई थियो ।

मेयर राईले स्वास्थ्यकर्मीहरुलाई जनताको सेवा सुविधाका निम्ति दत्तचित्त भएर लाग्न आग्रह समेत गरे । कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य भएन भने सुन्दर समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र करिब २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको जानकारी दिए । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ४५ किसिमको औषधीहरु निशुल्क पाईने पनि बताए ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरु चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको थियो भने वडाका स्वंयम सेविकाहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, वडाका टोल विकास संस्था र पिण्डेश्वर बाबाधाम समितिलाई पनि कदर पत्र प्रदान गरेका थिए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद पौडेल, वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले सम्मान पत्र प्रदान गरेका थिए ।

मेयर तिलक राईद्वारा सरस्वती मन्दिरको शिलान्यास

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान १४ स्थित रहेको पिण्डेश्वर क्याम्पस हाताभित्र बन्ने सरस्वती मन्दिरको शिलान्यास गर्नु भएको छ ।

सरस्वती पूजाको अवसर पारेर आज शिलान्यास भएको सो मन्दिर धरान उपमहानगरपालिकाको सहयोग, विभिन्न दाताहरूको सहयोग र क्याम्पसको लगानीमा ११ लाख रुपैयाँमा प्यागोडा शैलीको मन्दिर निर्माण हुने क्याम्पस प्रमुख काशीनाथ पौडेलले जानकारी दिए । मन्दिर सिलान्यास गर्नुअघि मेयर राईले सार्वजनिक पुस्तकालय र पब्लिक हाईस्कुल पुगेर सरस्वतीको पुजा समेत गर्नु भएको थियो ।

मन्दिरको विधिवत् शिलान्यासपछि मेयर राईले जुन शिक्षालयमा सरस्वतीको मन्दिर हुन्छ त्यो मन्दिर विद्याको मन्दिर हो भनिन्छ । त्यसैले पिण्डेश्वर क्याम्पस परिसरमा बन्न लागेको मन्दिरमा आफ्नो साथ सहयोग रहने बताए । धरानलाई शैक्षिक हब भनिँदै आएकोमा यहाँ रहेका शैक्षिक सङ्घ संस्थाहरूको विकास र उन्नयनमा सबै मिलेर लाग्नुपर्ने समेत मेयर राईले बताए ।

यसैगरी कार्यक्रममा विशेष अतिथि समेत रहेका प्रा.डा. टङ्कप्रसाद न्यौपानेले मन्दिर निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा मेयर राईले विद्यार्थीको आजको भोजनका लागि १० हजार रुपैयाँ पनि प्रदान गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सरस्वतीको पूजाको दिन सरस्वतीको मन्दिरको शुभारम्भ भएकोले चाडै निर्माण सम्पन्न हुने बताए।

क्याम्पस प्रमुख काशीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न मन्दिर शिलान्यास कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, गोपाल भण्डारी, नारायणदत्त पौडेल, रघुनाथ भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पुर्वप्राचार्य चन्द्रमणि नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सागरमणि सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved