प्रदेश १ मा मन्त्रिपरिषद विस्तारसँगै सरकार ढल्ने सम्भावना

  • प्रकाशित मितिः माघ २४, २०७८
  • 475 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राई एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै नेपाली काँग्रेसले सरकार ढाल्ने चेतावनी दिएको छ ।

प्रदेश १ का काँग्रेसका नेताहरुले ७ दिनमै सरकार ढाल्ने चेतावनी दिएका हुन् । उनले मुख्यमन्त्री राईले आफूहरुसँग सल्लाह नगरेको भन्दै चर्को आक्रोश व्यक्त गर्दै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

प्रदेश १ को मन्त्रिपरिषद विस्तारको सपथग्रहण समारोहमा काँग्रेस संसदीय दलका नेता राजिव कोइराला तथा उपनेता हिमाल कार्की सहभागी भए ।

तर काँग्रेसका नेता तथा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की भने शपथग्रहणमा सहभागी भएनन् ।

आफू नियुक्त भएको ९७ दिनपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् ।

उता नेकपा एमालेले भने जम्बो मन्त्रिमण्डल बनाएपछि आर्थिका भार थपिने भन्दै चर्को विरोध गरेको छ । सत्तापक्षले भने आर्थिक भार बढ्न नदिने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved