प्रदेश १ : कुन मन्त्रालय कहाँ राखिदैछ ?

  • प्रकाशित मितिः माघ २४, २०७८
  • 496 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ को सात सदस्यीय मन्त्रीमण्डल विस्तार भएर १३ सदस्यीय बनेपछि पहिलेकै मन्त्रालयहरु भएका भवन र केही नयाँ स्थानमा मन्त्रालय कायम भएको छ ।

अहिलेको मन्त्रीपरिषद विस्तारमा फुटेको मन्त्रालय हो साविकको सामाजिक विकास मन्त्रालय । कार्यविभाजनमा सामाजिक विकास मन्त्री बनेका राजन राईको कार्यकक्ष सोही मन्त्रालयको भूइँतलामा कायम भएको छ । स्वास्थ्यमन्त्री जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रीकै कार्यकक्षमा पदभार ग्रहण गरेका छन् । सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेको कार्यकक्ष मन्त्रालयको सबैभन्दा माथिल्लो तलमा राखिएको छ ।

खानेपानी मन्त्री रामकुमार राईको कार्यकक्ष साविकको पूर्वाधार मन्त्रालयको तेस्रो तलामा राखिएको छ भने सडक पूर्वाधार मन्त्री हिमाल कार्की यसअघिकै कार्यकक्षमा रहेका छन् । यसअघिको वन, पर्यटन मन्त्रालयको दुई भवनमध्ये एउटामा वनमन्त्री शेखरचन्द्र थापा र पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले नेतृत्व गरेको मन्त्रालय रहनेछन् ।

यसअघिको कृषिमन्त्री झलकबहादुर दर्लामीको कृषि मन्त्रालयमा कृषि मन्त्रालयसहित अर्को मन्त्रालय पनि रहने भएको छ । ओमप्रकाश सरावगीले नेतृत्व गरेको भूमि व्यवस्था, सहकारी मन्त्रालय पनि सोही परिसरमा रहनेछ । नवगठित सञ्चार मन्त्रालयका मन्त्री उपेन्द्र घिमिरेले प्रदेश योजना आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन् । उद्योगमन्त्री प्रतापप्रकाश हाङ्गामको मन्त्रालय मत्स्य विकास निर्देशनालयमा रहेको छ । उनले सोही भवनमा पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved