समन्वयमा काम गर्न सचिवहरूलाई प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

  • प्रकाशित मितिः माघ २७, २०७८
  • 476 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकापसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज (बुधबार) सम्पन्न अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरे । 

‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ,’ मुख्यमन्त्री राईले भने, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’ 

उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीहरूलाई निर्देशन दिए । मुख्यमन्त्री राईले योजना कार्यान्वयनक्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवलाई आग्रह गरे । ‘यो वा त्यो कानुनको बहाना गरेर मन्त्रीज्यूहरूलाई अलमल्याउनुभएन,’ मुख्यमन्त्री राईले भने, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढङ्गले भन्नुप¥यो ।’ 

उनले ऐन–कानुनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको जनाए । ‘अब जहाँ समस्या पर्छ, त्यहाँ कानुन बनाउँदै जाने हो,’ मुख्यमन्त्री राईले भने । 

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए । ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्छ,’ उनले भने । 

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई, गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोत वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम–कारबाही थप व्यवस्थित गरिने बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved