देउवा, ओली र प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीको फोन, एमसिसी अनुमोदन गर्न दबाब

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 493 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुमोदन गर्न शीर्षनेताहरूलाई दबाब दिएका छन् ।

आज (बिहीबार) साँझ टेलिफोन गरी उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका हुन्  । 

सहायक विदेशमन्त्री लुले संसद्बाट एमसिसी पारित नगरे नेपालसँगको सम्बन्धबारे समीक्षा गर्ने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ । उनले प्रधानमन्त्री देउवालाई कुनै ढिलाइ नगरी संसद्बाट एमसिसी पारित गर्न दबाब दिएको बालुवाटार स्रोतले बताएको छ । काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी विदेशमन्त्री लुले देउवालाई फोन गरी एमसिसी पारित गर्न भनेको पुष्टि गरेका छन् ।

२८ फेब्रुअरीसम्ममा संसद्ले एमसिसी अनुमोदन नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने लुलेले बताएका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले लुले एमाले अध्यक्ष ओलीलाई एमसिसी पारित गर्न भनेको जानकारी दिए । ओलीले भने कुनै एक–दुई विषयले दुई देशबीचको सम्बन्ध तल–माथि नहुने जबाफ लिएको भट्टराईले बताए ।

विदेशमन्त्री लुले नेपालका शीर्षनेतालाई एमसिसी पारित नभए चीनले त्यसमा हस्तक्षेप गरेको अर्थ लाग्नेसमेत बताएको जनाइएको छ । एमसिसी सम्झौता प्रतिनिधिसभामा विचाराधीन छ । यही माघ २३ मा एमसिसीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई पत्र लेखेर एमसिसीबारे निर्णय गर्न फागुन १६ सम्मको म्याद दिएको छ । यो भाकापछि एमसिसीको विषय दलहरूबीच पेचिलो बनिरहेको छ । 

गत असोज १३ मा देउवा र प्रचण्डले एमसिसी अनुमोदनका लागि वातावरण बनाउन चार–पाँच महिनाको समय मागेर एमसिसीलाई पत्र पठाएका थिए । त्यो पत्रको विषयले माओवादी अध्यक्ष प्रचण्डलाई बढी विवादमा तानेको छ । उनले एमसिसी पारित गर्न आफूहरूले पहल गर्ने पत्र लेखेको तर यता भने एमसिसी संशोधनबिना पारित नहुने बताइरहेकाले उनले द्वैध चरित्र देखाएको चर्चा चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved