खतराको सूचक नाघिसक्यो खोला नदि हरुले मानिसमा हरायो खसीपना

  • प्रकाशित मितिः असार १८, २०७५
  • 1100 पटक पढिएको
  • समय अनलाइन

 
 
 


  लगातारको वर्षाले नारायणी नदीको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।

यीसहित पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ ।

मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ ।

यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।

विभागले सोमबार सूचना जारी गरेर मध्य रातदेखि बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइरहेकाले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरू उच्च सतर्कता साथ रहन अनुरोध गरेको छ ।

कर्णालीको बहावले चिसापानी र गुराँसे क्षेत्र जोखिममा परेका छन् । यसैगरी बबई नदीको बहावले गुलरिया, चेपाङ, रानी जरुवा, पदमपुर क्षेत्र जोखिममा छन् ।

राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved