झापामा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 544 पटक पढिएको
  • समय अनलाइन

झापा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको  कमल गाउँपालिका–४ स्थित रिजाल पेट्रोल पम्पनजिक जिपको ठक्करबाट बिहीबार दिउँसो स्कुटर चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको मे ६ प २७१८ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको मे ६ च ११६७ नम्बरको जिपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक शिवसताक्षी नगरपालिका–८ का ४१ वर्षीय नरबहादुर गहतराजको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।  जिप र चालक मोरङको रङ्गेली नगरपालिका–२ का २१ वर्षीय दीपक अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जिपले अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved