एमसीसी सम्झौता र मूल्यवृद्धिविरुद्ध झापामा प्रदर्शन

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 519 पटक पढिएको
  • समय अनलाइन

झापा / नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेका छ ।शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो ।

झापाको विर्तामोड स्थित इलाम स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक हुँदै पुनः इलाम स्टेसनमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा प्रमुख वक्ता रहेका थिए ।

सभालाई बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, पार्टीका जिल्ला सदस्य जितु तामाङ लगायतले सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता अनुमाेदन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनिहरूले बताए ।

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै जिल्ला सचिव थापाले कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घाेष गरेका थिए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसीसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे ।

त्यस्तै सभालाई सम्बोधन गर्दै बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताए । उनले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य जितु तामाङले कांग्रेस, एमाले, माकेभित्रका दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताए ।

कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर !, राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै!, पेट्रोलियम पदार्थमा भएकाे मुल्यवृद्धि फिर्ता गर! जस्ता नारा लगाईएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved