फागुन १३ गते बाँकी १६ जिल्लाको अधिवेशन गर्ने काङ्ग्रेस बैठकको निर्णय

  • प्रकाशित मितिः माघ २९, २०७८
  • 478 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेपाली काङ्ग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । नेपाली काङ्गेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । 

बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनलगायतका कार्य सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरू गर्न आइतबार पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली काङ्ग्रेसले आजको बैठकमा भ्रातृ सङ्गठनहरूको विधानलाई सङ्घीयताअनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विधान मस्यौदा पेस गरेको थियो । त्यसलाई सबै नेताहरूले अध्ययण गरेर आइतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले जानकारी दिए । 

बैठकमा नेताहरूबीच एमसिसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved