बाबुराम भट्टराईको हत्यामा संलग्न पक्राउ

  • प्रकाशित मितिः फाल्गुन ८, २०७८
  • 725 पटक पढिएको
  • समय अनलाइन

मोरङको केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै नजिकको साथी केराबारी रामपुरका ३४ वर्षीय कमल लिम्बु छन् । मृतक र लिम्बु रामपुरका उमेश श्रेष्ठको केराबारी–भोगटेनी–रामपुरको रुटमा चल्ने सार्वजनिक बसका सहचालक हुन ।

लिम्बुलाई १ नं. प्रदेश प्रहरीको आरआईटी, जिल्ला प्रहरी कार्यालय मोरङ र बेलबारी प्रहरीको संयुक्त अनुसन्धान टोलीले पक्राउ गरेको हो । लिम्बुले रड प्रहारबाट भट्टराईको हत्या गरि रुखको जराभित्र शव लुकाएको प्रहरी समक्ष स्वीकार गरेको स्रोतले जनाएको छ ।

घटना पुस २८ गते राती भएको जनाइएको छ । प्रहरी स्रोतका अनुसार दुवैजना २८ राती सँगै मापसे गरेका थिए । पछि दुवैबीच विवाद हुँदा लिम्बुले भट्टराईको टाउकोमा रड प्रहार गरेका थिए । रड प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको र पछि लिम्बुले एक्लै बोकेर शवलाई चारकोसे जङ्गलमा ढलिरहेको रुखको जराभित्र लुकाएका थिए । पछि ९ दिनपछि घाँस दाउरा गर्न गएका स्थानीयले शव भेटाएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको संयुक्त अनुसन्धान टोलीले हाल पक्राउ परेका लिम्बुलाई यस अघिपनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । प्रमाण अपुग भएका कारण उनलाई छाडेर प्रहरी निगरानीमा राखिएको प्रहरी स्रोतको दाबी छ ।

अहिले हत्यामा प्रयोग भएको रड र रगत लतपतिएको कपडासमेत प्रहरीले बरामद गरेपछि उनलाई शुक्रबार पक्राउ गरिएको थियो । हत्यामा संलग्न लिम्बुलाई म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved