इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय गोल्डकपको बुधबार भएको पहिलो सेमिफाइन खेलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
रोलिङ क्लब झापाबीच भएको खेलमा त्रिभुवन आर्मीले १ का विरुद्व २ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आर्मीका लागि खेलको ५१ मिनेटमा सन्तोष तामाङको पासमा टेकबहादुर बुढाथोकीले १ गोल गर्दै खेललाई अग्रता दिलाए ।
यस्तै, खेलको ८९ मिनेटमा सन्तोष तामाङले थप १ गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेका हुन् । रोलिङ क्लबका तर्फबाट इन्जुरी समयमा मार्टिन एसले १ गोल गर्दै टिमलाई सहानुभूति दिलाए ।
खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित हुँदै नगद १० हजार हात पारे ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ ।बिहीबारको बिजेता र आर्मीबीच इटहरी रंगशालामा शनिबार फाइनल खेल हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
खेलको विजेताले नगद सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख ५० हजारमा चित्त बुझाउनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved