प्रेस युनियन सुनसरीका अध्यक्ष पवन सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको

  • प्रकाशित मितिः बैशाख ३, २०७९
  • 687 पटक पढिएको
  • समय अनलाइन

इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको  गोविन्द-खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो ।

जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ ।

शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो ।

आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए । ‘पत्रकारिता क्षेत्र समाजको महत्त्वपूर्ण अंगको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उदेश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौं,’ उनले भने, ‘सामाजिक उत्तरदायी बन्नुपर्छ भन्ने उदेश्यले व्यवसायबाट प्राप्त केही रकम छुट्याइएको हो ।’

यता, युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेगरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो ।

उनले भने, ‘एउटा जिल्लास्तरीय ५१ हजारको र अर्को राष्ट्रियस्तरीय एक लाख एक हजारको पुरस्कार प्रदान गरिनेगरी हामीले प्रस्ताव गरेका थियौं, सोही अनुसार आज सम्झौता भएको हो ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved