नेपाली कांग्रेस धुलिखेलका अग्रज नेता रामकृष्ण हुंमागाई ज्युले नगरकाे नगर प्रमुखमा उम्मेदवारी बन्ने आकाङ्क्षा राख्नुभएकाे छ भन्ने कुराले निकै खु:शी बनाएकाे छ ।
धुलिखेल नगरमा जति पनि आकाङक्षी देखिईएका छन् उनिहरुमाझमा तपाईंको उम्मेदवारी पक्कैपनि गर्विलाे छ ।
सांच्चैभन्दा परिपक्व राजनितीक छवि बाेक्नुभएकाे तपाईले २ दशक भन्दा बढि निश्वार्थ राजनितीमा बिताईसक्नु भएकाे छ । तपाईंको राजनितीक जिवनबाट धेरै मानिस अभिप्रेरित छन् ।
तपाईंको नेपाली कांग्रेसकाे सक्रिय राजनिति पश्चात् धुलिखेलमा नेपाली कांग्रेस थप शसक्त र चलाएमान बनेकाे छ । गफ र भाषणमा ठुला कुरा गर्ने धुलिखेलका नेताहरुसंग सबै जसाे चिरपरिचित नै थिए । जब तपाईं कांग्रेसकाे सक्रिय राजनितीमा आउनुभयाे तपाईंको पछाडि एउटा गिराेह नै लाग्याे । तर पनि कति विचलित नभई तपाईं अनवरत मैदानमा हाेमिनुभयाे । आंगनका डिलमा बसेर तालि पिट्नेहरु पिटेका पिट्यै भए तर तपाईंको यात्रा निकै अघि बढिसकेका थिए ।
तपाईंले कांग्रेसमा सक्रिय राजनिती गरे संगै धुलिखेल कांग्रेस ईताहांसमा आज सम्मकै उत्कृष्ट र सफल देखिएकाे छ । कार्यकर्ता भाषण मात्रै गर्ने नेता हाेईन काम गर्ने नेताले नगर सम्हालेकाे देख्न चाहन्छन् ।
स्थानिय निर्वाचनमा एक्लै गए पनि धुलिखेल जित्न सकिन्छ भन्ने आत्म विश्वास तपाईकाे सक्रिय राजनीति कांग्रेसबाट भएसंगै नेता कार्यकर्तामा जागेकाे छ । याे भनेकाे तपाईं रणनीतिक पाटाेकाे कांग्रेसकाे बलियाे खम्बा हाे । त्यसैले त आज मेराे नाममा सिफारिस हुनुपर्छ भनेर ईच्छा राख्नेकाे संख्या बढेकाे छ ।
न पक्ष न विपक्ष । तपाईं जतिकाे नेतृत्व धुलिखेल कांग्रेसले पाउनु गर्वकाे कुरा हाे । आज धुलिखेलमा प्रतिपक्ष डराएका छन् त केबल तपाईंको कांग्रेसबाट सक्रिय राजनिती मुल कारण हाे । हिजाे आफू पछि हटेर अरुलाई धुलिखेलकाे मेयर बनाउनु भयाे । आज आफैंले ईच्छा व्यक्त गर्नुले झनै खु: शी बनाएकाे छ । सबैलाई समेटेर लैजान सक्ने खुबि क्षमता तपाईमा देखिएकाे विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved