इटहरी उपमहानगरपालिकाका प्रमुख पदका उमेदवार हेमकर्ण पौडेलले काँग्रेसलाई जिताउन आग्रह गरे ।

  • प्रकाशित मितिः बैशाख १४, २०७९
  • 458 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले चुनाव केन्द्रीत भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुसंग छलफल बैठक गरी प्रचारप्रसार अभियान सुरु गरेको छ ।
छलफल तथा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना लगायतका नेताहरुले काँग्रेसका उमेदवारहरुलाई विजयी वनाउन भातृ तथा शुभेच्छुक संगठनहरु समेत सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ समितिका सदस्य सिजन गुरुङ , इटहरी उपमहानगरपालिकाका प्रमुख पदका उमेदवार हेमकर्ण पौडेल प्रमुख पदका आकाँक्षी भिम पौडेल लगायतले काँग्रेसलाई जिताउन आग्रह गरे ।

विगत देखि नै नेकपा एमालेले जित्दै आएको इटहरी उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा २० वटा मध्ये नेपाली काँग्रेसका उमेदवारहरुले १२ वडामा विजय हासिल गरेका थिए भने नगरप्रमुख र उपप्रमुख सहित एमालेले ८ वटा मात्र वडा जितेको थियो । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले गठवन्धनको तर्फबाट प्रमुख र नेकपा एकीकृत समावादीवादीका तर्फबाट उपप्रमुखमा केशवकुमार विष्ट उमेदवार रहेका छन । उपप्रमुखका उमेदवार विष्टलाई तत्कालिन नेकपा नेतृत्वको ओली सरकारको पालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव वनाएको थियो । सो समयमा प्रदेश नम्बर १कै पहिचानका रुपमा इटहरी रंगशाला वनाउन विष्ट महत्वपुर्ण योगदान पुर्याएका थिए । एमाले विभाजित भएको अवस्थामा हुने निर्वाचनलाई अर्थ पुर्ण रुपमा लिइएको छ । यद्यपी इटहरी उपमहानगरपालिकामा यस पटक पनि नेपाली काँग्रेस नेतृत्व गठवन्धन र एमाले विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved