धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन ।                                                                         

  • प्रकाशित मितिः बैशाख १५, २०७९
  • 442 पटक पढिएको
  • समय अनलाइन

 

इटहरी । धरान वैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन ।                                                                           नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई संघर्षशिल, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु संग परिचित छन र मेयरको र्हैसियतमा समाधनका क्षमता पनि राख्छन ।
                                                                      राजनीतिक यात्रा बारे संक्षीप्त चर्चा
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म आमा लक्ष्मी राई र पिता पृथ्वी बहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते बोराबाध, मोरंगमा भएको हो । उनले आइए सम्मको अध्ययन गरेका छन ।                                                                                              आमा लक्ष्मी धरानमा छापाखाना व्यवसय र सामाजिक सेवमा सकृय रहेकीले उनी आमासंग धरानमै बाल्यकाल देखी हुर्किएका हुन । फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सकृय रहँदा रहँदै २०४७ साल देखी उनको सकृय राजनीतिक जीवन धरानमा नेपाली कांग्रेस लाई शसक्त बनाउने उदेश्यबाट सुरु भएको हो ।
                                                                        फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली कांग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति भएका थिए । २०५४ सालको स्थानिय निर्बाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भए । २०५५ सालमा कांग्रेस धरानको नगर सचिब भएका राई २०५८ सालमा नेपालि कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भए ।                                                                                        उनले २०६२/०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका थिए । २०६६ साल देखि २०७२ साल सम्म नेपालि कांग्रेस धरानको नगर सभापति रहेका उनि २० वर्ष सम्म धरान नगरपालिका जनप्रतिनिधि विहीन रहँदा सर्वदलिय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निणर्यहरु निणर्ायक पार्टी नेताका रुपमा परिचित छन ।                                                                                        राजनीतिक संयन्त्रको प्रमुख हुदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपुणर् भूमिका निर्बाह गरेका थिए ।
सानै उमेरदेखी फुटबलमा रुची राख्ने उनि किशोरवयमा टेक्दा टेक्दै राष्ट्रीय खेलाडी मात्र बनेनन नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भुमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । उक्त परियोजनाको परिणाम स्वरुप धरान-१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो ।                                                                                      किशोर राईको पहलामा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीता प्रारम्भ गरेको हो । नेपालमा सबै भन्दा लामो समयदेखी निरन्तर आयोजना भैरहेको अन्तर्राष्ट्रिय फmुटबल प्रतियोगीताको रुपमा बुढासुब्बा गोल्डकप फुटबल अहिले सम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगीता २३ वर्ष अघिदेखी शुरु भएको हो ।

उनले रास्ट्रीय खेलकुद परिसदका सदस्य धरानमा क्षेत्रीय रंगसालाको निर्माणको लागि भएको संघर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका सस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिंग क्लबका पूर्व अध्यक्ष हुन । धरान लाई खेलकुदको केन्द्र बनाउन मिनि ब्राजिलको नारा दिएर उनि युवाहरु माझ लोकप्रिय बने । उनले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुलेका छन।                                                                                                      २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उनले ब्राजिलको भ्रमण गरेका छन। दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वणर् जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ बिस्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

धरानको विकासको बारेमा उनी अत्यन्तै उत्साहीत युवा नेताहरु मध्ये एक मानिन्छन् । उनको भनाईमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हंगकंगको दाजोमा पुर्‍याउन सकिने कुरामा कसैको दुइमत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन सबैभन्दा पहिले नेपाली कांग्रेसले गरेको थियो ।                                                                                               त्यस्मा उनले निणर्ायक भूमिका खेलेका थिए । धरान राजधानी नभतापनि पूर्वाधारको विकासमा राजधानी बराबारको बनाउने प्रतिबद्धता उनको छ । धरानको खानेपानी आयोजनाको असफलताको कारण धरानबासीको अघि खुलासा गर्दै आयोजनाको पूर्व घोषित क्षमतामा खानेपानी व्यवस्थाका पूनस्र्थापन गर्ने नेता किशोर राईको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved