मेयर उम्मेदवार किशोर राईले नगरवासीलाई गुनासो गर्न नदिने बताए ।

  • प्रकाशित मितिः बैशाख १६, २०७९
  • 371 पटक पढिएको
  • समय अनलाइन

 

 

इटहरी । धरानमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारहरूले घरदैलो प्रचारप्रसार सँगै मतदातासँग भेटघाटलाई तीव्र बनाएका छन । धरानको मुख्य समस्या हो, खानेपानी । निर्वाचनका बेला धेरैले खानेपानीको समस्या समाधान गर्छु भने पनि बर्सौँ बितिसक्दा पनि धरानको मुख्य समस्या समाधान गर्न कसैले सकेको छैन।                      यस पटकको निर्वाचनमा पनि उम्मेदवारहरूले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । तर नगरवासी भन्छन “जुनै जोगी आए पनि कानै चिरेको”।
निर्वाचन नजिकिँदै गर्दा नगरवासीको घरदैलोमा भोट माग्न पुगेका उम्मेदवारहरूले चुनाव जितेपछि जनतालाई बिर्सिने गरेका नगरवासीको गुनासो छ ।                                 सोही गुनासो गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार किशोर राई र इन्द्र विक्रम बेघाले वडा नम्बर १९ का मतदातालाई भेट्ने क्रममा पनि सुनियो ।
नगरवासीको गुनासोलाई मध्यनजर गर्दै नेपाली काँग्रेसका मेयर उम्मेदवार किशोर राईले यस पटक नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताए । मेयर साप भएर होइन धराने जनताको सेवक भएर मेयर उपमेयर भएर जनताको पक्षमा काम गर्ने छु,” उनले भने, “यस पटक कान चिरेको होइन कान सुन्ने जोगी आउँछ।”
                                                                           मेयरका उम्मेदवार राईले अन्य नेताले जस्तै ठुला-ठुला भाषण नगरी जनताको हितमा काम गर्ने बताए । धरानको अवस्था बदल्नका लागी तपाईँहरूको आशीर्वाद लिन आएको बताउँदै पानीको व्यवस्थापनमा केही सुधार भएको र अझै थप सुधार तथा नयाँ स्रोतको व्यवस्थापनमा १ मिनेट पनि विलम्ब नगरी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved