खानेपानी व्यवस्थीत बनाएका देउरालीका मन प्रसाद लिम्बु                                                                              

  • प्रकाशित मितिः बैशाख १६, २०७९
  • 358 पटक पढिएको
  • समय अनलाइन


                                                                              केही वर्ष अघि सम्म धरान ५ स्थित देउराली खानेपानी व्यवस्थापन समितीका अध्यक्ष मन प्रसाद लिम्बु हुँदा व्यवस्थीत रुपमा वितरण प्रणाली थियो । उनले आफ्नो अध्यक्षता कालमा देउरालीको सबै टोलहरुमा सहज खानेपानी वितरणको प्रणाली बनाएका थिए । तर उनले छाडे पछि खानेपानी व्यवस्थापन अव्यवस्थीत बनेको छ ।                                                                                       
लिम्बू  भन्छन्, ‘मैले कार्यकाल सुरु गर्दा देउराली, देवीगाँउका स्थानीय खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी देखी धरान १५ का विभिन्न ठाउँमा पुग्ने गर्थे तर म आइसकेपछि आफ्नै धारामा पर्याप्त मात्रामा पानी आउने वातावरण बनाए अहिले पुरानै अवस्था देहोरिएको छ । देउराली बासीले पर्याप्त मात्रामा पानी पाएका छैनन् ।’
                                               
लिम्बु अध्यक्ष भएको समयमा जनघनत्व बढ्दै गर्दा पानीको थप आवश्यकता पर्छ भनेर विभिन्न योजनाहरू अघि सारेको थिए । कम्तिमा दैनिक २ घण्टा पानी खुवाउँने योजना थियो । तर योजना पुरा हुन नपाउँदै उनको कार्यकाल सकियो । उनको कार्यकालमा देउरालीमा खानेपानी डिभिजन, उपमहानगर र प्लान नेपालको लगानीमा ७६ लाखको योजना बनाएर देउरालीमा दैनिक २ घण्टा खुवाउने योजना बनाएको भए पनि समय अभावका कारण त्यो काम गर्न नसकेको उनी बताउँछन् ।
उनै लिम्बु अहिले नेकपा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका छन् । वडा नम्बर ५ को प्रमुख समस्याको रुपमा रहेको खानेपानी वितरण व्यवस्थापन नै पहिलो प्राथमिकतामा राखेका छन् । धरान ५ भरी देखिएको खानेपानीको समस्यालाई स्थानीय जनप्रतिनिधिको हैसियतले समन्वयनकारी भूमिका निर्वाह गर्दै, संघ, प्रदेश, नगर सरकार र दात्री संस्थाहरूको सहयोगमा जनसहभागितालाई परिचालन समाधान गर्ने उनको योजना छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट सन्तोष लिम्बु वडाअध्यक्षमा सन्तोष लिम्बु निर्वाचित भएका थिए । उनले देउरालीको खानेपानी समस्या समाधान गर्न कुनै पनि पहल गरेनन् । जसले गर्दा अहिले दुई दिनमा एक घण्टा पानि विरतण गर्नु पर्ने बाध्यता छ ।                                                                                                  लिम्बु भन्छन्, ‘अहिले देउराली मात्र हैन ५ नम्बर वडा भरी खानेपानीको समस्या छ, बर्खामा त झन हाहाकार नै हुन्छ, खानेपानीमा अघिल्लो जनप्रतिनिधिको भूमिका शून्य नै थियो, खानेपानीको क्षेत्रमा वडागत बजेट छैन भन्दा पनि हुन्छ, वडा आफैले खानेपानीको समस्या समाधान गर्न सक्दैन त्यो सत्य हो तर नगरमा माग्न सक्छ, प्रदेशमा माग्न सक्छ, केन्द्रमा, मन्त्रालय छ । 
                                                                        समितिले अहिले २ दिनमा एक पटक मात्र पानी वितरण गर्दै आएको छ । धारामा पानी आएको समयमा पनि सानो आउने, पर्याप्त मात्रामा नआउने भएकाले ट्याङ्करमा किनेर खानुपर्ने बाध्यता रहेको तल्लो देउरालीका खिलमान खजुम बताउँछन् । उनी भन्छन्, ‘धारामा पानी नै चुहिँदैन किनेर खानुपर्ने अवस्था छ, होटल, व्यवसाय गर्ने त अवस्था नै छैन ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved