गठबन्धनले धरानलाई नयाँ गतिदिने विश्वास जनतामा पाइयो’

  • प्रकाशित मितिः बैशाख १८, २०७९
  • 355 पटक पढिएको
  • समय अनलाइन

गठबन्धनले धरानलाई नयाँ गतिदिने विश्वास जनतामा पाइयो’

इटहरी । वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साहपूणर् मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनिहरुले बताएका हुन ।
चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरुले उत्साहपूणर् रुपमा स्वागत गर्दै गठबन्धनप्रति ठूलो आशा र भरोसा रहेको बताएको उम्मेदवार व्दयले बताए । उनिहरुले धरानका ७ वटा वडाहरुमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरु सहित घरदैलो पुरा गरिसकेका छन । शनिवार साँझ घरदैलो कार्यक्रम सकेर फर्किएपछि मेयरका प्रत्याशी किशोर राई, उपमेयरका प्रत्याशी आइन्द्र विक्रम वेघाले पार्टी नेता, पत्रकारहरुसंग सम्पर्क कार्यालय होटल गोर्खामा भएको भेटघाटमा उक्त कुरा बताएका हुन ।
गठबन्धनबाट मेयरका प्रत्याशी किशोर राईले उपनिर्वाचन अघि सम्म लामो समय एउटै पार्टीले हाली मुहाली चलाउँदै आएकोले उपमहानगरपालिकाको नीति निणर्य पारदर्र्शी थिएन जनभावनाको सुनवाई हुन सकेको थिएन त्यसैले धराने जनताले यसपाली गठबन्धनका उम्मेदवारहरुप्रति उत्साही पाएको बताए । उनले भने ‘धरानको भविष्य बनाउन धराने जनताको चाहनाको प्रतिनिधित्व गठबन्धनले गर्नेछ, हामी भानुचौकमा आम धरानबासीका विच उपमहानगरपालिकाको योजना, नीति, आर्थिक अवस्था सार्वजनिक गर्नेछौं धरानबासीकै चाहना अनुसार नयाँ काम गर्नेछौं ।’
उनले धरान खानेपानी आयोजना धरानका सबै राजनीतिक पार्टीहरुले ल्याएका हुन । आयोजना प्राविधिक रुपमा सम्पन्न नभई सकेको अवस्थाका कारण खानेपानीको समस्यासंग धरानबासीले सामना गर्नु परेको बताए । पछिल्लो समय यसलाई पूणर् क्षमता सञ्चालन गरी आयोजनको पूर्व घोषित खानेपानी आपूर्तिको लक्ष्य अनुसार वितरणको व्यवस्था गरिने प्रतिबध्दता जनाए । उनले भने ‘उपमहानगरपालिकाको सम्पूणर् बजेट खानेपानीकै लागि खर्च गर्नुपरे पनि समस्या समाधान गरेर छोडछौ, एक, दुई वर्ष सडक नबन्ला, ससानाका काम नहोला तर खानेपानीको समस्या समाधान गरेरै छाड्छौ ।’
गठबन्धनबाट उपमेयरका प्रत्याशी आइन्द्र विक्रम वेघाले परिवर्तनको पक्षमा रहँदै आएका धराने मतदाताले यसपाली लोकतान्त्रिक र बम गठबन्धनलाई व्यक्ति परिवर्तन भन्दा नेतृत्वमा नयाँ परिवर्तनकारी स्वरुपका रुपमा लिएको बताए । धरानको खानेपानी, सुकुम्बासी समस्या पुरानै छन, उपमहानगर बनेपछि गाभिएका वडाहरुका नयाँ कार्यभार थपिएको बताउँदै भने ‘यस्लाई एउटै पार्टीको नेतृत्वले नयाँ ढंगले समाधान गर्न नसकेकाले गठबन्धनको संयुक्त नेतृत्वप्रति जनतामा नयाँ आशा जागेको देखिएका छ।’
उनले उपनिर्वाचनले उपमहानगरपालिकाको नेतृत्व परिवर्तन गरेपछि नयाँ ढंगले नीतिगत कामहरु भए तर, आधा कार्यकालका लागि मेयर बनेका तिलक राईले कोविड महामारीको समना गर्नुपरेको सबैलाई थाहा भएको बताए । कोविड महामारीमा राहत र उद्धारमा उदाहरणिय कार्य, विकास, निर्माणमा राजनीतिक पूर्वाग्रह नराखी समान योजनात वितरणका नयाँ काम भएको बताउँदै उनले भने ‘अब त्यो भन्दा गतिशिल र नयाँ ढंगले धरानको खानेपानी सहित विकास, निर्माण र नीति निणर्यलाई हामी अघि बढाउने छौं ।’ वडाहरुमा जनताका घर दैलोमा पुग्दा गठबन्धनप्रति विश्वास प्रकट गर्दै मतदाताहरुले त्यस्तो सुझाव दिएको उनको भनाई छ ।
गठबन्धन चुनाव प्रचार समितिका संयोजक श्याम पोखरेलको अध्यक्षतामा भएको भेटघाट अन्तरकृयामा पूर्व मेयर तिलक राईले उपमहानगरपालिकामा आफ्नो कार्यकालमा भएका काम कार्वाहीका बारेमा गठबन्धनका उम्मेदवारहरुलाई कसैले प्रश्न उठाए आफु जवाफ दिन साथै रहने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश १ सांसद चन्द्र प्रसाद श्रेष्ठ, उमिता बराईली सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved