इटहरीमा गठबन्धनले २५ संकल्प सहितको घोषणापत्र जारी

  • प्रकाशित मितिः बैशाख १८, २०७९
  • 705 पटक पढिएको
  • समय अनलाइन

इटहरीको लायन्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २५ संकल्प सार्वजनिक गरेका हुन् ।

जसमध्ये सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, निस्शुल्क सेवाको सुरुआतलाई पनि प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत इटहरीमा सबै ठाउँमा खानेपानी आपूर्तिको व्यवस्था गरिने, एक हजार स्क्वायर फिटसम्मको आवासीय क्षेत्रको घर नक्सापास निस्शुल्क पास हुने छ ।

यस्तै, इटहरीको मुख्य बजार क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ । संकल्प पत्र अनुसार विद्ध्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसनको प्रबन्ध गरिनेछ ।

यस्तै, औद्योगिक विकास, सामाजिक विकास, महिला तथा बालबालिकाका लागि विशेष कार्यक्रम, कला साहित्य, खेलकुद, पर्यटनको विकासका निम्ति विशेष कार्यक्रम ल्याइने बताइयो ।

यस्तै, राजस्व अभिवृद्धि र कर नीति अन्तर्गत करको दरमा पुनरावलोकन गरिने संकल्प पत्रमा उल्लेख छ । जसमा करको दायरा बढाउने र दर घटाउने नीति अवलम्बन गरिनेछ ।

यस्तै, सहकारी क्षेत्र, सुकुम्बासी तथा भूमिहीन, विपद व्यवस्थापन, सूचना तथा सन्चार, शान्ति सुरक्षा र आय श्रोतमा वृद्धि दिलाउन मुख्य भूमिका निर्वाह गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved