नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरीले स्वर्गीय  याम प्रधान स्मृति  पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

  • प्रकाशित मितिः बैशाख १९, २०७९
  • 1147 पटक पढिएको
  • समय अनलाइन

सुप्रिया राई इटहरी ।
डायलिसिस गराइ रहेपनि युवा पत्रकारहरुसंगै रिपोटिङमा निस्कन्थे–याम प्रधान
। श्यामल वर्ण र अलि लाम्चो मोहडाको याम प्रधान रिपोटिङमा निस्कने क्रम ३३
वर्षअगाडिदेखिको थियो । जीवनभर पत्रकारिता पेशामात्र अङ्गालेर समाजलाई खबरदारी
गर्ने उनै याम प्रधान सुनसरीको पत्रकारितामा याम सर वा याम दाइ भए । नेपाल पत्रकार
महासङ्घ केन्द्रीय समितिको निर्णयमा प्रेस वतन्त्रता सेनानी भए ।
बुबा चक्रबहादुर प्रधान र माता हिरादेवी प्रधानको कोखबाट भोजपुरको
गुप्तेश्वरमा वि।सं।२०२० साल माघ ४ गते जन्मिएका याम प्रधानको बाल्यकाल
भोजपुरमै बित्यो । उच्च शिक्षाका लागि त्यसबेलाको तराई इटहरी  झरेपछि याम
प्रधान इटहरीकै स्थायी वासिन्दा बन्न पुगे वहा एक छोरी र श्रीमती सग बस्नु हुन्थ्यो वहाको सन्तान एक छोरी मात्र हो  । पढ्न झरेका उहाँ केही रचनात्मक
काम गर्न आफैभित्रबाट उकासिएका थिए । त्यसैले युवास्थाका यामको मनमा पत्रकारिता
गर्ने रहरले घरजम गर्यो । र, वि।सं।२०४३सालबाट पत्रिकाहरुमा समाचार लेख्न थाले । यम प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पुर्ब अध्यक्ष  त्यसै  गरि नेपाल प्रेस युनियनका पुर्ब केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो 
पञ्चायती व्यवस्थाको जगजगीमा थालेको उनको पत्रकारिता गणतान्त्रिक व्यवस्था स्थापित
हुँदासम्म लोभलाग्दोगरि अविचल र निरन्तर रह्यो । फलस्वरुप विभिन्न सङ्घसंस्था वा
समुदायबाट सम्मानित वा पुरस्कृत हुन पाए ।
जीवनमा लेख्नमात्र जानेका याम प्रधानले पत्रकारिताको दुइ दसकभन्दा लामो
समय राष्ट्रिय समाचार समितिका स्ट्रीन्जरका रुपमा काम गरे । जीवनका भर्भराउँदो यो
दुई दसकमा उनले व्यापार गरेका भए वा इटहरीजस्तो चल्तीको ठाउँमा जग्गा
दलाल गरेका भए आर्थिकरुपले सम्पन्न हुने थिए । र, उहाँलाई डायलसिस गर्न
नेपाल पत्रकार महासङ्घले सहयोग जुटाउनु पर्ने आवश्यकता हुने थिएन । तर, याम
प्रधानले लेखेर औेसत जीवन बाँचे । नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष
तथा अग्रज पत्रकार कृष्ण अधिकारी याम प्रधान पेशामा प्रतिवद्ध भएको बताउँदै
भन्नु्हुन्छ–‘पत्रकारितासङ्गै समकालिन साथीहरुले अन्य पेशा व्यवसाय अपनाएर
आर्थिक अवःथा सुधार गरेपनि याम प्रधानले पत्रकारिता बाहेक अरु पेशा गरेनन् ।’ याम
प्रधानले पत्रकारिताबाहेक अरु पेसा त गरेनन् नै लोकतन्त्र पक्षधर उहाँका पार्टी
सत्तामा हुँदा पनि नेताको ढोकामा सलामी र चाकडी बजाएनन् । पत्रकारितामा एकसुरको
जीवन बाँचेका उनले पत्रकारितामा इमान्दारिता प्रस्तुत गरेर गर्वले बाँचे । त्यसैले
पछिल्लो छिमलका हाम्रालागि औसत जिन्दगी बाँचेका उनै इटहरीका याम प्रधान
याम सर÷याम दाइ भएर बाँचे ।
 
तत्कालिन समयमा नेपालको पूर्वी क्षेत्रमा पत्रकारहरुको संख्या न्युन रहेको
समयमा याम प्रधानले सक्रिय पत्रकारितामात्र होइन पत्रकार बन्नलाई पनि अरुलाई
हौस्याउँथे । याम प्रधान नेपाली पत्रकारिताको सबै युग झेल्ने पत्रकार हुन् ।
हातले समाचार लेखेर खाममा हालेर समाचार पठाउने समयदेखि कम्प्युटरसम्मको अनुभव
बटुलेका याम प्रधानको बारेमा याम प्रधानका सहकर्मी हर्ष सुब्बा
भन्नुहुन्छ–‘अहिलेको चल्तिको पत्रकारिता कपि पेःटको विरोध गर्ने याम प्रधान
सूचनाको स्रोत बलियो भएको पत्रकार हो ।’ आफुभन्दा कम उमेरको पत्रकारसङ्ग
पनि याम प्रधानले दौतरीझैं व्यवहार गरेको स्मरण गर्दै पत्रकार कृष्ण जुनेली
भन्नुहुन्छ–‘याम दाइ अभिभावक त हुनुहुन्थ्यो नै, त्योभन्दा बढी त
दौतरीजस्तो हुनुहुन्थ्यो ।’
पत्रकारितालाई नै जीवन ठान्ने याम प्रधानले ३३ वर्ष लामो पत्रकारिता जीवन
वि।सं।२०७६साल पौष १७ गते सदाका लागि छोडे । राष्ट्रिय समाचार समितिबाट पटकपटक
उत्कृष्ट समाचारदाता सम्मानबाट सम्मानित याम प्रधानले संसार छोडेर गए पनि
आदिवासी जनजाति पत्रकारहरुलाई सुनसरीमा सङ्गठित गर्न खेल्नु भएको सकारात्मक
भूमिका हामीमाझ जीवित छ । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घदेखि महासङ्घ
निर्माण हुने सबै चरणहरुमा सङ्गठन निर्माण पक्रियामा सकारात्मक भूमिका पनि
जीवित रहने छ । र, सधैं अस्स्तित्वमा  रहिरहने नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ
सुनसरीकोलागि सधैं सम्झनयोग्य व्यक्तितव बन्नु भएको छ । त्यसैले 
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरीले उहाँको सम्मानमा प्रेस स्वतन्त्रता 
सेनानी स्वर्गीय  याम प्रधान स्मृति  पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved