पौवादुङ्मा गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसबाट मनोज कार्कीको उम्मेद्वारी

  • प्रकाशित मितिः बैशाख २०, २०७९
  • 2822 पटक पढिएको
  • समय अनलाइन

भोजपुर :

    नेपाली काङ्ग्रेस भोजपुरका समाजसेवी एवम बुद्धिजीवी  नेता मनोज कार्कीले पौवदुङ्मा गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन।

शालीन स्वभाव तथा भद्र ब्याक्तित्वका रुपमा परिचीत कार्कीको जन्म बि.सं.२०३९असार १२ गते भोजपुरको तिवारी भञ्ज्याङ् मा पिता गणेश बहादुर कार्की र माता जिबनकुमारी कार्कीको कोखबाट भएको हो।तत्कालीन प्रधानपञ्च रहेका उनका हजुरबुबा  मानध्वज कार्कीबाट समेत राजनौतिक रुपमा प्रभावित उनले प्राथमिक शिक्षा गाउकै तिवारी भञ्ज्याङ् मा.बि. र माध्यामिक तहको शिक्षा पञ्चकन्या उ.मा.बि.बाट पूरा गरी उच्च शिक्षा बिराटनगरको गोग्राह क्याम्पस  र महेन्द्रमोरङ क्याम्पसबाट स्नातक सम्मको शैक्षिक योग्यता हासिल गरेका छन।

पञ्चकन्या मा.बि.मा अध्ययनरत हुँदै ने.बि.सं.को इकाई सभापतिपदबाट राजनीतिको सुरुवात गरी केन्द्रिय महाअधिबेसन प्रतिनिधि,तिवारी भञ्ज्याङ् पार्टी सचीव तथा पौवादुङ्मा गा.पा.को चौधौं महाधिवेशनबाट गाउँपालिका सभापतिका रुपमा कार्यभार सम्हाल्न पुगेका उनी यतिमा मात्र सिमित नभई नेपाल सांंस्कृतिक संघ भोजपुरको सभापति तथा नेपाल सांंस्कृतिक संघको केन्द्रिय सदस्य,नेपाल सांंस्कृतिक संघ प्रदेश -१ सह-संयोजक रहदै आएका छन। यस्तै भोजपुर-च्याङ्ग्रेली  सद्भाव सेवा समाज च्याङ्ग्रे शाखाको महासचिव एवम संस्थापक सदस्य समेत रहेका उनी अन्य विभिन्न संस्थामा आबद्ध भइ सामाजिक सेवामा आबद्ध रहेका छन।  

विभिन्न सुखसयल,जागीरका प्रस्तावहरुलाइ बेवास्ता गर्दै आफ्नै जन्मभूमिलाई श्रृङ्गार गर्न लागिपरेका कार्किले आफुले पालिका अध्यक्षमा जीत हासिल गरे पौवादुङ्माको समग्र समृद्धि र बिकासका क्षेत्रमा काम गर्ने साथै भ्रस्टाचारमुक्त समाज निर्माण गरि विकसित र सभ्य गाउँपालिका निर्माणका भुमिका खेल्ने बताएका छन। हाल यस पालिकामा शिक्षा, स्वास्थ्य ,खानेपानी ,सडक, बिजुली जस्ता आधारभुत आबस्यकताका बस्तुहरुको नाजुक स्थिति रहेको र आफुले जितेमा यस्ता आधारभूत क्षेत्रमा व्यापक सुधार गर्ने,जनता सङ्ग जनप्रतिनिधि बिशेश कार्यक्रम लागू गर्ने,युबालाइ खेलकुद,किसानलाई समयमा मल बीउ उपलब्ध गराउने साथै कृषि क्षेत्रमा लगानी बढाउने,निजी उध्योगी तथा ब्यबसायीलाइ प्रोत्साहन गर्ने किसिमका योजना ल्याउने, रोजगारीका अबसर सृजना गर्ने,खानेपानी समस्या समधान जस्ता कार्य गर्ने बताएका छन। 

अघिल्लो स्थानीय गाउँपालिका सरकारले अधुरो र लथालिङ्ग बनाएर अलपत्र छोडेका कार्यहरु समेत आफुले पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्ने नेपाली काङ्ग्रेसका गाउँपालिका अध्यक्ष मनोज कार्कीलाई समय अनलाइनको तर्फबाट पनि जीतको शुभकामना !!!

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved