शिक्षाको गुणस्तर वृद्वि गर्ने बताएका छ हेमकर्ण पौडेल

  • प्रकाशित मितिः बैशाख २१, २०७९
  • 437 पटक पढिएको
  • समय अनलाइन

 बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीको केशवकुमार विष्ट उम्मेदवार छन् । इटहरी मा बुद्विजिवीहरूसँगको छलफलमा उनले यस क्षेत्रको शिक्षाको गुणस्तर वृद्विका लागि आफूले विज्ञहरूसँग समन्वय गर्दै गुरुयोजना बनाएर काम गर्ने बताएका हुन् ।‘हाल शैक्षिक हिसाब कमजोर भयो, नीति बनाउने, कानून बनाउने र व्यवस्थापकीय पक्षलाई अब्बल बनाउन मेरो महत्वपूर्ण भूमिका रहनेछ,’ पौडेलले भने, ‘शिक्षाको गुणस्तर वृद्धिका निम्ति एमालेको सरकारसँग कुनै योजना छैन, अभियान छैन, अब शिक्षा क्षेत्रको गुणस्तर वृद्विसँगै इटहरीको साझा विकासका लागि हामीलाई काम गर्ने अवसरको खाँचो छ ।’

एमालेले इटहरीमा नेतृत्व गरेपनि जनता असुरक्षित भएको उनको तर्क छ । ‘सरकार प्रमुखदेखि नै नागरिक डराएर हिड्नुपर्ने बाध्यता छ,’ पौडेलले भने, ‘हुन त नेतृत्वको क्षमता जति छ, त्यति नै विकास गर्ने हो, मैले मेरो क्षमताले भ्याएसम्म यहाँहरूसँग अन्तरक्रिया गरेर विकासको काममा अग्रसर रहन्छु । उनले पछिल्लो समय सरकारी विद्यालयका शिक्षकहरू नै दलमा रहेकाले शिक्षाको गुणस्तर खस्किएको बताउँदै त्यसलाई परिष्कृत गर्नेमा जोड दिए । ‘मानिस जिम्मेवार बन्नुपर्छ, दुई वर्ष बाटो नबनाउँदा केही बिग्रदैँन, यसपटक इटहरीका आम नागरिकलाई अनुभूत हुने किसिमको काम गर्ने तयारीमा हामी छौँ,’ उनले आफूले निर्वाचित भएको अवस्थामा गर्ने कामबारे योजना सुनाउँदै भने, ‘यसपटक जुनसुकै दलमा रहेका मानिसहरूले पनि परिवर्तनको पक्षमा मत हाल्नुस्, एकपटक मात्रै कांग्रेसले अवसर पाएको अवस्थामा हामी सकारात्मक काम गर्नेछौँ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved