जनताको लाेकप्रिय नेता हेम कर्ण पाैडेल साईकल चडेर घर दैलाे कार्यक्रममा ।

  • प्रकाशित मितिः बैशाख २१, २०७९
  • 661 पटक पढिएको
  • समय अनलाइन

 

 इटहरी । स्थानीय तहको निर्वाचन  मिति आउन १० दिन मात्र बाँकी रहेको समयमा निर्वाचन आयोगले समेत खासै चासो नदिरहेको समयमा नेपाली काँग्रेसले इटहरीमा चुनाव प्रचारप्रसारकै क्रममा मतदाता शिक्षामा समेत जोड दिएको छ ।

मतदानका क्रममा मतदाताहरु नझुकियोन तथा बदर मत नहोस भनेर नेपाली काँग्रेसले आफना उमेदवारहरुको पक्षमा प्रचारप्रसार गर्ने कार्यसंगै मतदाता शिक्षालाई समेत प्राथमिकतामा राखेको जनाएको छ । पाँच वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विगत भन्दामा २६हजार ९सय ४९ जना नयाँ मतदाता थपिएका छन । नयाँ मतदाताका साथै पुराना मतदाताहरुले पाँच वर्ष पछि मात्र मतदान गर्ने भएकाले पनि मतदाताहरुलाई मतदाता शिक्षाको आवश्यकता रहेको छ ।

मतदाता शिक्षासंगै चुनाव प्रचारप्रसारमा सक्रिय नेपाली काँग्रेस नेतृत्वको गठवन्धनका उमेदवारहरु मत माग्न मतदाताहरुको घरदैलो पुगिरहेका छन । यसै क्रममा घरदैलो अभियानमा इटहरी उपमहानगरपालिका वडा नम्बर १०का डुमरटोका र आमझोखीमा साइकल सवारी गर्दै गठवन्धनका नगरप्रमुखमा नेपाली काँग्रेस तर्फका उमेदवार हेमकर्ण पौडेलले मतदाताहरुको घरदैलो गरे । उनले इटहरी उपमहानगरपालिकामा गाउँ देखि सहर सम्म रहेकाले गाउँको विकासमा जोड दिनु पर्ने वताए । ग्रामिण भेगको प्रमुख एक सवारी साधन साइकल रहेको र सबै इटहरीवासीसंग मोटरसाईकल र मोटर चढ्ने हैसियत छैन । मैले पनि सजिलो सवारी साधन साइकल प्रयोग गरेर मत माग्ने काम गरिरहेको छु भन्दै समृद्धि र विकासमा जोड दिदै गाउँलाई सहरसंग प्रतिस्पर्धी बनाउने योजना सहित चुनावी अभियान रहेको पौडेलले जानकारी दिए । गाँउको भावना सहरसंग जोड्न सकिएन भने विकास र समृद्धि सम्भव नभएको समेत वताए । तत्कालिन एकम्बा ,पकली , हाँसपोसा र खनार गाउँ विकास समिति समावेश गरेर इटहरी उपमहानगरपालिका वनाइएको हो । २० वटा वडा रहेको इटहरी उपमहानगरपालिका एक लाख ४हजार ६सय २६ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved