कटहरीका कांगेस एकल उमेदवारीद्वारा मतदाताका घर घर ।

  • प्रकाशित मितिः बैशाख २२, २०७९
  • 462 पटक पढिएको
  • समय अनलाइन


कटहरी । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा एकल उमेदवारी परेको छ । अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने कांग्रेस उमेदवा एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् ।
आगामी बैसाख ३० गते स्थानीय चुनाव हुँदैछ । कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको बताए । उनले भने,“विकास निर्माण साथै जनताको आवश्यकताअनुसार हामी काम गर्ने योजनासाथ अघि बढेका छौ ।” चौधरीले आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आववश्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए ।
गाउँपालिकामा घरदैलो अभियानमा ब्यस्त रहेका चौधरीले आफुले जितेर आएपछि गाउँपालिका बासीले महशुस गर्ने गरी काम गर्ने बताएका छन् ।
उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षामा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालक काम गर्ने प्रतिबद्धता गरेका छन ।
अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा संचालन भएका पुरा नभएका योजनाहरु पूरा गरिने बताएका छन् । भने,“जनतासंगको छलफलमा आगामी योजनाहरु ल्याउने छु । सबै नगरबासीहरुसम्म स्वास्थको पहुँच पुर्याउने छु ।” उनले महानगरपालिकाको छेवैमा भएर पनि कटहरी धेरै हिसाबले पछि परेको भन्दै स्वास्थ्य क्षेत्रको विकासमा काम गर्ने सुनाए ।
उनले धेरै गफ भन्दा पनि आफूले काम गरेर देखाउने बताएका छन् । आफ्नो प्रतिबद्धता अनुसारको काम गर्ने र छोरी शिक्षाको लागि समेत सामुदायिक विद्यालय सुधारको लागि काम गर्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved