जसपा परित्याग गरेका पदम अधिकारीकाे मेयर पदमा स्वतन्त्र उमेदवार ।

  • प्रकाशित मितिः बैशाख २३, २०७९
  • 476 पटक पढिएको
  • समय अनलाइन

आसन्न स्थानीय तहको निर्बाचन सरगर्मी निकै बढेको छ।प्रदेश नं१ को नाकाको रुपमा रहेको इटहरी उपमहानगरपालिकामा पनि चुनावको ताप निकै बढेको छ।नेपाली कंग्रेस, एमाले सँगै गत भदौबाट जसपा परित्या गरेका पदम अधिकारीको स्वतन्त्र उमेद्वारीले निकै चर्चा कमाएको छ।स्वतन्त्र उमेद्वार पदम अधिकारीसँग समय अनलाइनका लागि सुप्रिया राइले गरेको संक्षिप्त कुराकानी.. ।
प्रश्न :- कस्तो छ त चुनावी अभियान पदम सर..!?
उत्तर:- जनता चुनाव प्रति उत्साहित छैनन्।दलका कार्यकर्ताहरु मात्र सल्बलाएका छन्।
प्रश्न: किन नभएको होला उत्साह नि जनतामा?
उत्तर:- लोकतन्त्रको उपलब्धि जनताले उपभोग गर्न पाएनन्,केवल दल र तिनका नेताले मात्र गरे।जनतामा करको मार मात्र थोपरियो।राज्यबाट सुबिधा दलको आधारमा बितरण गरियो।महङ्गिको मारमा जनता छन्,तर कुनै दल तेसको बिरोध गर्न चाहेनन्।पञ्चतन्त्रको नयाँ रुप दलतन्त्रको रुपमा देखिएर जनता निरास भएका छन्।
प्रश्न: दलको यस्तो बिगबिगि भएको अबस्थामा किन स्वतन्त्र उमेद्वार हुनु भएको नि.!?
उत्तर:-राजनीति बिचार,योजना र कार्यक्रमको आधारमा हुने बिषय हो।दलमा बिचारका आधारमा संगठित हुनु पर्नेमा चुनाव चिन्हको आधारमा संगठित गर्ने काम गरिन्छ।चुनावमा मनि र मसलको प्रयोग गरिन्छ। राजनीति सेवा हो तर दलहरुले व्यापार बनाएका छन्।यहि गलत कृयाकलापले लोकतन्त्र धरापमा पर्दैछ, दलतन्त्रको छातामुनि समाजका अपराधिहरु,माफियाहरुले कब्जा जमाएका छन्।तिनै सत्तामा जान्छन् र भला मान्छेलाइ शासन गरिरहेछन्।यसैको बिरुद्ध र लोकतन्त्रको पक्षमा नागरिक शसक्तिकरणका लागि सामाजिक र राजनीतिक बिद्रोह हो मेरो उमेद्वारी।
प्रश्न:- कस्तो छ त चुनाबि माहोल तपाइको?
उत्तर:- बिचार , योजना र कार्यक्रमको हिसाबले मैले नित सके।नगरमा नागरिक भन्दा दलका बधुवा मज्दुरहरु दलको जंजिरले बाधिएका छन्।जंजिर चुडालेर आए भने म बैसाख ३० गते मत परिणामले समेत चुनाब जित्छु।
प्रश्न:- इटहरी बिकासको योजना के छ नि तपाइसँग?
उत्तर: पहिला इटहरीको समस्याको पहिचान गरेको छु र उक्त समस्याको समाधान अनि योजना कार्यान्वयन प्रस्तव गरेको छु।तेस मध्ये इटहरीलाइ थआरु सांस्कृतिक पर्यटकीय नगर,लघु औद्योगिक केन्द्र र बीरनारायण दोश्रो जीवनघर निर्माण, निशुल्क शिक्षा र स्वास्थ्य,बार्षिक ५ सय युवालाई रोजगार, घर अनुगमन मार्फत महिलाहिंशामुक्त, सुन्यलागतमा बाढि-डुबान मुक्त नगर लगायतका योजना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved