नेपाली काँग्रेसका उमेदवार दिवस पोखरेलको लोकप्रियता दिनप्रतिदिन वढी रहेको छ ।

  • प्रकाशित मितिः बैशाख २३, २०७९
  • 654 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ लाई व्यवसायी केन्द्र बनाउने योजना सहित चुनावी प्रचारप्रसारमा सक्रिय नेपाली काँग्रेसका उमेदवार दिवस पोखरेलको लोकप्रियता दिनप्रतिदिन वढी रहेको छ ।

प्रदेश नम्बर १कै एक प्रमुख सरहका रुपमा रहेको इटहरीको मुख्य बजार क्षेत्रमा शौचालय अभावका कारण शौचालय जानकै लागि होटल तथा अन्य पसलका बन्नु पर्ने मानिसहरुको बाध्यतालाई हटाउने प्रतिवद्र्धताले पोखरेलको लोकप्रियताले जनतामा बढाएको हो ।

इटहरी उमहानगरपालिकाको मुटुको रुपमा रहेको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने देखि लिएर बजार क्षेत्रको सौन्दर्यतामा जोड दिदै एक पसल दुई फुल, टेङ्ग्रा खोलामा पर्यटकीय पुल लगायतका पोखरेलले अघि सारेका चुनावी एजेण्डाले पोखरेल प्रति वडावासीका आशा वढदै गएको छ । मतदाताहरु समक्ष आफनो टिमको प्रतिवद्र्धता सहित मत माग्न पुगिरहेका पोखरेल सहित नेपाली काँग्रेसका उमेदवारहरु खुल्ला महिला सदस्यमा रमला तामाङ, दलीत महिला सदस्य मीना रसाइली, खुल्ला सदस्यमा दलबहादुर प्रधान दिनेश र नवीन तामाङ मतदाताहरु कहाँ मत माग्न पुगिरहेका छन । व्यवसायीक हकहित सामाजिक सेवाका क्षेत्रमा सक्रिय पोखरेलले नेतृत्वको टिमलाई युवा देखि जेष्ठ मतदाताहरुले समेत उत्साहित वनाई रहेका छन । एक सय दुई वर्षिया राधादेवी बस्नेतले पोखरेललाई विजयका लागि आर्शिवाद प्रदान गर्दै विगतमा जस्तै सामाजिक कार्य गर्न समेत आग्रह गरिन ।

वजार क्षेत्रमा रहेको वडा भएका कारण नियमित सरसफाई गर्ने, ट्राफिक लाइट, व्यवस्थित पार्किङको व्यवस्थापन गर्ने , बजार क्षेत्रबाट बग्ने पैनीहरुलाई व्यवस्थित वनाउने , ढलको उचित व्यवस्थापन सहित वातावरण स्वच्छ राख्ने योजनावद्ध रुपमा काम गरिने प्रतिवद्धा सहित पोखरेल नेतृत्वको टिम वडावासीसंग मत माग्दै आएको छ । कौशी खेतीलाई प्रोत्साहन गर्ने , युवा तथा महिलाहरुलाई आत्म निर्भरताका लागि विभिन्न सिप मुलक तालिम प्रदान गर्ने । खेलकुद ,कला साहित्य लगायतका विद्याहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने काम गर्ने लगायतका एजेण्डा पनि पोखरेल नेतृत्वको वडाका उमेदवारहरुले अघि सारेका छन । मतदाताहरुको घरदैलोमा मत माग्न जाने क्रममा नेपाली काँग्रेसका उमेदवारहरुले मतदान गर्ने तरिका समेत मतदाताहरुलाई सिकाउदै आएका छन । निर्वाचन आयोगले समेत खासै मतदाता शिक्षाका लागि चासो नदिरहेको समयमा काँग्रेसले प्रचारप्रसारसंगै मतदाता शिक्षामा जोड दिएको छ ।

उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा विगत दुई दशक देखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै आएका पोखरेल नेपाली सेनाको प्राविधिक सहयोगमा विगत १२ वर्ष देखि सञ्चालन हुदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका स्थापना देखि नै अध्यक्षको रुपमा रहदै आएका छन । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य , नेपाल रेडक्रस सोसाईटी ,इटहरी जेसिज , द रेयुकाई नेपाल लगायतका संघसंस्थामा रहेर इटवारीवासीका हकअधिकार र सामाजिक सेवाका क्षेत्र सक्रिय रहदै आएका पोखरेल नागरिक समाज सुनसरीका कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी समाली रहेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved