आज पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1115 पटक पढिएको
  • Mausam

 


  बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ । सर्लाहीमा बाढीले बगाएर थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।

हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चन र टेकबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ वर्षका बलदेव महतो हराइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी प्रदेश ५ मा मात्र आठ जनाको मृत्य भएको छ । त्यसमध्ये बाँकेमा बालबालिकासहित चार, रोल्पामा तीन जना र दाङमा एक जनाको मृत्यु भएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ । काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ । तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ भने पहाडी क्षेत्रका थुप्रै ठाउँमा पहिरो गएका छन् ।

यस्तै आज देशको पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । त्यस क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी छेउका वासिन्दालाई सजग रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved