काेराेनाकाे संक्रमणकालीन समयमा जनताकाे सहयाेग गर्ने बिबेक राईकाे उमेदवारी वडा अध्यक्ष मा ।

  • प्रकाशित मितिः बैशाख 25, 2079
  • 58 पटक पढिएको
  • समय अनलाइन


धरान । धरान १० का विवेक राई नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्धवार वनेका छन् । युवा उम्मेद्धवार राईले धरानमा रात्री कालिन वजारको मागलाई पुरा गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् । धरानको माग र आवस्यकतालाई मध्यनजर गर्दै उनले धरान १० स्थित पुतली लाइनलाई नाइट मार्केट सन्चालन गर्ने भनेर चुनावी घोषणा पत्रमा प्रतिवद्धता व्यतm गरेका छन् । धरानमा अत्यन्तै आवश्यकतालाई मध्यनजर गर्दै सवै शान्ति सुरक्षाको प्रवन्ध गर्न प्रहरी प्रशासनसँग समन्वय गरी नाइट मार्केट सन्चालन गर्ने राईले वताए । उनले भने,“शान्ति सुरक्षाको मुख्य चुनौती हो , त्यसको प्रवन्ध गर्ने छु, वडाको हरेक स्थानमा सिसि क्यामेरा जडान र प्रहरी प्रशासनसँग समन्वय गरी म नाइट मार्केट सन्चालन गर्ने छु । ”त्यसको पुर्व तयारीको लागि धरान स्थित पुतली लाइनका व्यापारीहरुसँग विहीबार व्यापार व्यवसाय सन्चालन गर्नेहरुसँग पहिलो चरणको छलफल समेत गरेका छन् । उनको त्यस्तो योजना सुनेर त्यहाँका व्यवसायीहरु उत्साहित समेत वनेका छन् ।धरानमा नाइट मार्केट सन्चालन गर्नको लागि यस अघि देखि नै माग हँुदै अाँएपनि कार्यान्वयन हुन सकेको छैन । धरान १५ स्थित वगरकोटलाई सो अवधारणा अनुसार सन्चालन गर्ने पहिलो स्थानीय तहको चुनावमा विभिन्न दलका राजनीतिक पाटीहरुले चुनावी प्रतिबद्धता गरे पनि पुरा हुन सकेको छैन ।
को हुन विवेक राई
विवेक राई आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर १० बाट वडाध्यक्षका युवा उम्मेद्धवार हुन् ।युवा संघको वडाकै राजनीतिमा एमालेबाट उदाएका राई हाल नेकपा एमाल १० नम्वर वडा कमिटीका अध्यक्ष समेत छन् । उनले २०६१ सालमा युवा संघको वडा सदस्यबाट राईले आफ्नो राजनीतिक यात्रालाई अघि वढाएका थिए ।
राजनीति सहित वडाका युवाहरुलाई संगठित गर्दै हाल एमाले पार्टीबाट उम्मेद्धवार वनेर थप वडाको विकासमा गरि नमुना वडा वनाउन लागि पर्ने वताउँछन् । वडामा मात्रै नभएर धरानमा नै उनी लोकप्रिय युवाको रुपमा परिचय वनाएका छन् । युवा संघ राजनीतिबाट उनी वडाबाट धरानको राजनीतिमा उदाएका युवा उम्मेद्धवारको रुपमा राई पर्छन । उनी वडामा लोकप्रिय छन् । राजनीति,खेलकुद, सामाजिक काम लगायत सवै क्षेत्रमा उनी परिचित छन् । कसैलाई अपात विपत पर्यो अथवा समस्या भयो भने उनै विविक राईलाई नै वडावासीले सम्झिने गरेका छन् ।खेलकुदमा पनि उनले उतिकै सहयोग गरेका छन् । युवाहरुलाई संगठित र एकत्रित पार्दै स्वास्थ्य व्यायम, फुटवल खेलाडीलाई सहयोग लगायतको काम गरेर युवाहरुको ढुकढु्की समेत वनेका छन् । कोरोनाको संक्रमणकालिन अवस्थामा औषधी उपचार लगायत माक्स सेनिटाइजर वडावासीको घर घरमा गएर सेवा गरेका थिए ।उनको अहिले वडामा उम्मेद्धवार वनेपछि वडावासी थप खुशी भएका छन् । राईले वडाको विकास गर्न यसअघिका जनप्रतिनिधीले गरेका अधुरा कामहरुलाई निरन्तरता दिने र थप योजना वनाएका छन् । वडालाई हरित वडा वनाउने उनको लक्ष्य रहेको छ । खहरे करिडोरलाई थप व्यवस्थि गर्दै पार्क वनाउने उनको योजना रहेको छ । अवस्थित सुकुम्वासी वस्तीलाई व्यवस्थित गर्ने,वृद्ध असतmलाई घरैमा पुगेर भता वितरण गर्ने , असहाय असतmलाई सहयोग र स्वास्थ्य उपचारको लागि सहयोग गर्ने , वडामा खानेपानी समस्यालाई समाधान गर्न हरेक वडामा खानेपानी टंयाकी राखेर निशुल्क पानी वितरण गर्ने ,शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने लगायतका महत्वकाँक्षी योजनाहरु उनको छ । उनी भन्छन्, “अवस्थ पनि वडावासीलाई मलाई जिताउनु हुने छ , त्यसका लागि म वडावासीलाई २४ सै घण्टा सेव ागर्न तयार छु, आफुले गरेको चुनावी प्रतिवद्धता कदापी भुल्ने छैन, पुरा गर्ने छु । ”

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2022 - Samayaonline.com All rights reserved