एक नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन

  • प्रकाशित मितिः बैशाख २८, २०७९
  • 533 पटक पढिएको
  • समय अनलाइन

एक नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन

झापा । एक नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गा.पा. र हल्दीवारी गा.पा. एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो । आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी., स.प्र.ना.म.नि. कमल गिरी, राष्ट्रिय अनुसन्धान का अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी ईटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सगै जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवज्यूले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ-आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved