मंगलबार बिहान २ बजेदेखिको अविरल वर्षाका कारण ट्याङ्रामा एक्कासि खोलाको सतह बढेको थियो । सतह बढेसँगै कटान समेत सुरु गरेपछि नेपाली सेनासहितको टोली खटिएको छ । करिब १० फिट चौडाइको बाधलाई ट्याङ्राले ३ देखि ४ फिट कटान गरिसकेको छ ।
इटहरीस्थित कृष्णदल गणका २५ जना सैनिक जवान र इलाका प्रहरी कार्यालयको समन्वयमा कटान नियन्त्रणका लागि बोराबाँध बाध्न थालिएको हो ।